सुनको मूल्य घट्यो, चाँदीको स्थिर

नेपालभ्युज

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं। आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै आज मूल्य घटेको जनाएको हो ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ रहेकोमा आज  घटेर  १ लाख १० हजार ३०० रुपैयाँमा झरेको छ । यस्तै,  तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँबाट झरेर आइतबार तोलामा १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला १३ सय ९० रुपैयाँ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved