प्रिमियर लिग : युनाइटेडलाई टोटनहमले हरायो,  सिटी र लिभरपुल विजयी

नेपालभ्युज

प्रिमियर लिग : युनाइटेडलाई टोटनहमले हरायो,  सिटी र लिभरपुल विजयी

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई २–० गोलले हराएको छ ।

उसका लागि माटर सारले एक गोल गरे भने युनाइटेडका मार्टिनेजले आत्मघाती गोल गरे । टोटनह्यामले दुई खेलमा ४ अङ्क जोडेको छ । उसले पहिलो खेलमा ब्रेन्टफोर्डसँग दुई गोलको बराबरी खेलेको थियो ।

यस्तै, आज बिहान भएको खेलमा सिटीले न्युक्यासललाई १–० गोलले हराउँदै तीन अङ्क जोडेको छ । उसको दुई खेलमा ६ अङ्क भएको छ ।

त्यस्तै, गएराति भएको खेलमा हिजो भएको अर्को खेलमा लिभरपुलले बर्नमाउथलाई ३–१ गोलले हरायो । उसले दुई खेलमा ४ अङ्क जोडेको छ ।

त्यस्तै, ब्राइटनले उल्भ्सलाई ४–१ गोलले हराउँदा ब्रेन्टफोर्डले फुलह्यामलाई ३–० गोलले हराएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved