ललिता निवास जग्गा प्रकरण : सरकारी वकिललाई आइतबार प्रतिवेदन बुझाउँदै सीआइबी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललिता निवास जग्गा दुरूपयोग प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ।

नेपालभ्युज

ललिता निवास जग्गा प्रकरण : सरकारी वकिललाई आइतबार प्रतिवेदन बुझाउँदै सीआइबी

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललिता निवास जग्गा दुरूपयोग प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ।

उच्चपदस्थहरू जोडिएको यो प्रकरणको अनुसन्धान सकेर सिआइबीले रायसहितका प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने छ।

संगठित अपराध तथा किर्ते कसुरमा गत १२ असारदेखि आरोपीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको थियो ।

काठमाडौं जिल्ला अदालतले पक्राउ परेकालाई आइतबारसम्मको लागि म्याद थप गरेको थियो सीआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यले अब आइतबारभित्रै अनुसन्धान र प्रतिवेदन सक्ने बताइन्। संगठित अपराध कसुरमा बढीमा ६० दिनसम्म थुनामा राख्न पाइनेमा आइतबार ५५ दिन पुग्नेछ।

सिआइबीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङसहित १८ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । २३ जना पक्राउ परेकोमा अन्य पाँचजना जमानीमा छन्।

जग्गा हिनामिनामा भने ४०५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। तर, अधिकांश भागेर भारत पुगेको प्रहरीको आशंका छ । ललितानिवासको जग्गा चार चरणमा गरेर १४४ रोपनी जग्गा हिनामिना भएको खुलेको थियो।

सिआइबीले आइतबार प्रतिवेदन बुझाएपछि पाँच दिन सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गर्ने छ। त्यसपछि मुद्दा दायर हुने छ।

सिआइबीले विगत पाँच वर्षअघिदेखि नै यस प्रकरणको अनुसन्धान गर्दै आएपछि दबाब र चलखेलका कारण अभियोजना प्रक्रिया रोकिएको थियो । आफूहरूले पुरानो केस ब्युँताएर सूक्ष्म रूपमा अनुसन्धान गरेको सिआइबीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved