तीन लाख पुगे डिसहोम फाइबरनेटका प्रयोगकर्ता

नेपालभ्युज

तीन लाख पुगे डिसहोम फाइबरनेटका प्रयोगकर्ता

काठमाडौं । सेवा सुरु गरेको छोटो समयमा नै डिसहोम फाइबरनेटले तीन लाख ग्राहक वनाउन सफल भएको छ । ।

देशभर लाखौं मानिसहरुलाई डीटीएच प्रविधिमा आधारित केवल टेलिभिजन सेवा प्रदान गर्दै आएको डिसहोमले सुरु गरेको इन्टरनेट सेवामा छोटो समयमा उल्लेख्य संख्यामा ग्राहक वृद्धि भएका हुन् ।

यस अवसरमा डिसहोमको ताइवानी सञ्चालक मि क्यारमेन, कार्यकारी निर्देशक सुदीप आचार्यले केक काटेर खुशीयाली मनाएका हुन् ।

डिसहोम फाइबरनेट इन्टरनेट सेवामा दोस्रो ठूलो सेवा प्रदायकको रुपमा आएको छ । कम्पनीले केही वर्षमा पहिलो हुने लक्ष्य राखेको छ ।

उत्कृष्ट इन्टरनेट तथा गुणस्तरीय ग्राहक सेवाका कारण पछिल्लो समय डिसहोम फाइबरनेट ग्राहकहरुको पहिलो रोजाइ हुन पुगेको छ । आकर्षक छुट, निःशुल्क डिसहोम गो एप तथा विभिन्न सजिलो, अन्य सेवा प्रदायकको भन्दा सस्तो तथा आकर्षक प्याकेज डिसहोम फाइबरनेटले प्रदान गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved