सुनसरीमा मिटरब्याजसम्बन्धी मुद्दा- चार करोडको दाबी एक करोडमै सल्टियो !

नेपालभ्युज

सुनसरीमा मिटरब्याजसम्बन्धी मुद्दा- चार करोडको दाबी एक करोडमै सल्टियो !

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीमा चार करोड ६० लाख रुपैयाँ दाबीसहित परेको मिटरब्याजसम्बन्धीको उजुरी सल्टिएको छ । जिल्ला प्रशासन कार्यालयले उजुरीउपर छलफल गरी पीडितलाई एक करोड १० लाख दिनेगरी मुद्दा सल्टाएको हो ।

आफू पीडित भएको भन्दै जिल्ला प्रशासन कार्यालय पुगेका धरानका इन्द्र मोक्तानको उजुरीउपरको अनुसन्धान र छानबिनलाई टुङ्ग्याउँदै प्रशासनले मुद्दा सल्टाएको हो ।

पीडित मोक्तानका अनुसार उनले चार वर्षअघि धरानकै मणिराज राईबाट ५४ लाख रुपैयाँ ब्याजमा लिएका थिए । आफूसँग दोहोरो कागज गराइएको बताउने मोक्तानले चेक बाउन्ससमेत गराइ चार करोड ६० लाख दाबी गरिएपछि मिटर ब्याजसम्बन्धी उजुरी परेको थियो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्राप्त कागजात र यथेष्ट प्रमाणका आधारमा मिटरब्याजीविरुद्धको उजुरी उपर छिनोफानो गरी टुङ्ग्याइएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved