रातमा पनि अक्सिजन दिने यी बिरुवा

नेपालभ्युज

रातमा पनि अक्सिजन दिने यी बिरुवा

एजेन्सी । धेरैजसो बिरुवाले रातको समयमा कार्बन डाइअक्साइड रिलिज गर्छन् । तर, के तपाईंलाई थाहा छ त्यस्ता बिरुवाको बारेमा जसले दिनमा मात्र नभएर रातमा पनि अक्सिजन दिने गर्छन् ।

आउनुहोस् जानौं ती बिरुवाको बारेमा–

एलोभेरा

एलोभेरालाई सबैभन्दा फाइदाजनक हाउस प्लान्ट यानि कि, घरमा लगाउने बिरुवाको रूपमा जानिन्छ । औषधि उपचारमा हुने फाइदाबाहेक यसले रातमा पनि अक्सिजन छोड्छन् ।

स्नेक प्लान्ट

स्नेक प्लान्टलाई घरमा राख्नु एकदमै सुरक्षित हुन्छ । यसको हेरचाह गर्न पनि एकदमै सजिलो छ । यसले हावालाई सफा राख्न सहयोग गर्छ ।

मनी प्लान्ट

नेपालका शहरी क्षेत्रका मानिसहरू प्रायः आफ्नो घरमा मनी प्लान्ट लगाउने गर्छन् । तर, कैयौंलाई यो कुरा थाहा नहुन पनि सक्छ, यसले २४ सै घण्टा अक्सिजन दिने  गर्छ ।

आर्किड प्लान्ट

यो बिरुवा घरमा एउटा सकारात्मक ऊर्जा दिने गर्छ र हेर्दा पनि एकदमै सुन्दर हुन्छन् । यस्तो बिरुवाले रातमा अक्सिजन रिलिज गर्दछन् ।

एरेका पाम प्लान्ट

यो एकदमै लोकप्रिय इनडोर प्लान्ट हो । तर, एकदमै कम मानिसलाई थाहा होला, यसले हरेक समय अक्सिजन दिन्छ ।

पिस लिली प्लान्ट

पीस लिलीले बेंजिन, जाइलिन, फामिल्डिहाइड, टोल्युनी र अमोनियाजस्ता अशुद्धतालाई टाढा भगाएर हामीलाई शुद्ध अक्सिजन दिन्छ ।

स्पाइडर प्लान्ट

स्पाइडर प्लान्टले घरलाई सजाउनुका साथै वातावरणलाई शुद्ध राख्ने काम पनि गर्छ । साथै यस विरुवामा घरमा हुँदा सकारात्मक ऊर्जा बनिरहन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved