एजेन्सी । अफिसमा धेरै जसोले काम गर्दा यो ध्यान राख्छन् कि, कम्प्यूटरको स्क्रीन आँखाको कुन लेवलमा छ, कम्प्यूटरको स्क्रीनको ब्राइटनेस कति छ, टेबलमा उज्यालो आएको छ कि छैन आदि ।
तर, अर्को एकदमै महत्वपूर्ण कुरा के छ भने कुर्सी कस्तो छ ? यदि लगातार बसेर काम गर्ने कुर्सी नै सही छैन भने तपाईंलाई कम्मर तथा ढाडमा धेरै समस्या हुन सक्छ ।
कम्मर दुख्ने समस्या
यदी तपाईंको कुर्सी सही छैन वा तपाईंलाई कुर्सीमा बस्दा कम्मरमा सपोर्ट मिलिरहेको छैन भने त्यसले कम्मर दुख्ने समस्या हुन सक्छ । कम्मर दुखाईले गर्दा तपाईंलाई एकैठाउँ बसिरहन पनि समस्या हुन सक्छ ।
सामान्य कुरा कम्मर दुखाई भएपछि तपाईंको ध्यान केन्द्रित हुन सक्दैन जसले गर्दा काममा सिर्जनशीलता पनि बढ्दैन । यसरी लामो समय बसिरहँदा सधैं कम्मर दुख्ने समस्या देखिन सक्छ ।
रक्तसञ्चार हुन्छ खराब
तपाईंलाई यो कुरा थाहा नहोला, तर खराब कुर्सीमा बसेर घन्टौं काम गर्दा रक्तसञ्चार बिग्रन सक्छ । विशेषज्ञका अनुसार खराब कुर्सीमा बसेर काम गर्नाले काँध, खुट्टा, ढाड र कम्मरमा रगतको फ्लोमा प्रभाव पर्न सक्छ ।
त्यसैले बस्ने कुर्सी सही छान्नुहोस् र साथमा बस्ने पोजिशनलाई पनि ध्यान दिनुहोस् । यसबाहेक समय समयमा कुर्सीबाट उठर थोरै यताउता हिँडडुल पनि गर्नुपर्छ ।
थकान हुन सक्छ
खराब कुर्सीमा बसेर काम गरिरहँदा तपाईंलाई थकान महसुस पनि हुन सक्छ । जब तपाईं त्यस्तो कुर्सीमा बस्नुहुन्छ जसमा सपोर्ट सिस्टम राम्रो छैन त्यसले हड्डीहरुमा जोड पर्छ जसले गर्दा थकान महसुस हुन्छ । कुर्सी राम्रो भएन भने तपाईं बस्दा शरीरका मांसपेशीमा पनि दबाब पर्छ ।
ध्यान केन्द्रित हुँदैन
विशेषज्ञहरुका अनुसार आर्म सपोर्ट भएको कुर्सीमा बस्नु सही हुन्छ । सधैं यस्तो कुर्सी छान्नुहोस् जसमा आर्म सपोर्ट होस् ताकि हातलाई केहीबेर भए पनि आराम दिन सकियोस् । त्यसबाट काँधमा भएको दुखाई पनि केही हदसम्म कम हुन्छ । यदि कुर्सी सही भएन भने तपाईंको शरीरको पोस्चर पनि खराब हुन्छ जसले गर्दा काँध, ढाड तथा कम्मरमा नराम्रो असर पर्छ ।
Facebook Comment
Comment