एजेन्सी। अत्यधिक मैदाबाट बनेको आहार खानाले आन्द्रामा कैयौं गम्भीर समस्या हुन सक्छन् । आउनुहोस् जानौं मैदा खाँदा आन्द्रामा कस्ता समस्या हुन्छन् ?मैदा आन्द्रामा टाँसिने गर्छ, जसले गर्दा कब्जियतको समस्या हुन सक्छ । यसकारण पेट दुख्ने समस्या हुन सक्छ। जसले शरीरलाई समेत नोक्सान पुर्याउँछ ।
त्यस्तै, मैदाको अत्यधिक सेवनले आन्द्रा सुन्निनेसमेत हुन सक्छ । जसले शारीरिक तापक्रम बढाएर तपाईंलाई ज्वरो आउने तथा थकान महसुस हुने जस्ता समस्या हुन सक्छन्।
मैदाको अत्यधिक सेवनले सानो आन्द्रामा अल्सरको समस्या हुन सक्छ। जसले गर्दा पेट सुन्निने, दुख्ने तथा ऐंठन पर्ने समस्या हुन सक्छ।
मैदा आन्द्रामा जम्यो भने कब्जियतको समस्या हुन्छ, जसले गर्दा मल त्याग गर्न एकदमै जोड लगाउनुपर्छ । यस्तो अवस्थामा दिशा गर्दा रगत आउने तथा पाइल्सको समस्या देखिन सक्छ।
मैदाको अत्यधिक सेवनले आन्द्रा तथा पेटमा समस्या हुन थाल्छ । यसले गर्दा भोक कम लाग्ने पेट ढुस्स हुनेजस्तो समस्या देखिन्छ।
मैदाको कारणले आन्द्रामा समस्या हुँदा पाचन प्रक्रियाले पनि राम्रोसँग काम गर्दैन। जसले गर्दा पेटमा खराब तत्त्व जम्मा हुन थाल्छ र भोक लाग्दैन । शरीरलाई राम्रो पोषण नमिल्दा तौल घट्न थाल्छ।
Facebook Comment
Comment