ब्रेक शु बाट निकालिएको तस्करीको सुन गालेर जोख्दा ६० किलो मात्रै

बरामद ब्रेक शुभित्रको सुन निकालेर गाल्दा ६० किलो ७७९ ग्राम पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ।

नेपालभ्युज

ब्रेक शु बाट निकालिएको तस्करीको सुन गालेर जोख्दा ६० किलो मात्रै

काठमाडौं। २ साउनमा बरामद गरिएको तस्करीको सुनको परिमाण ६० किलो भन्दा केही बढि मात्रै रहेको पाइएको छ।

बरामद सुनको परिमाण करिब १ क्विन्टल भएको अनुमान गरिए पनि झन्डै आधा घटेको हो। सुन सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोखिएको हो।

बरामद ब्रेक शुभित्रको सुन निकालेर गाल्दा ६० किलो ७७९ ग्राम पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ।

स्रोतले भन्यो, ‘‘यसअघि ब्रेक शुसहित जोख्दा १ सय ५५ किलो थियो। अहिले सुन मात्रै गालेर जोख्दा ६० किलो भएको छ।’’

सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिरबाट बरामद भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved