भेलमा बगेकामध्ये एकजना मृत अवस्थामा फेला

नेपालभ्युज

भेलमा बगेकामध्ये एकजना मृत अवस्थामा फेला
सांकेतिक तस्वीर।

दोलखा। अविरल वर्षाका कारण आइतबार दिउसो आएको भेलले बगाउँदा दोलखाको बिगु गाउँपालिका–७ राखामका बाबुछोरा बेपत्ता भएकामा छोरा पासाङ शेर्पाको शव भेटिएको छ ।

आइतबार बिहान घरबाट झण्डै एक घण्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका ३५ वर्षीय बाबु निमदोर्जे शेर्पा र उनका छोरा १२ वर्षीय पासाङलाई वर्षासँगै आएको पहिरोको भेलले बगाएको थियो । निमदोर्जे अझै फेला नपरेको प्रहरीले जनाएको छ ।

यो सातामा उक्त ठाउँमा मात्रै ४ जनाको ज्यान गएको छ भने ३ जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण गत मङ्गलबार तामाकोसी नदीमा तितेमाछा टिप्न गएका विगुगापा–२ ओराङका तिरिस तमाङको पहिरोले ज्यान गएको थियो ।

त्यस्तै, गत बिहीबार गौरीशङ्कर गाउँपालिका–७ मार्बु टोपाटारमा गएको पहिरोमा परी सोही स्थानका ५० वर्षीया देवीमाया मगर र १५ महिने नाबालक प्रिन्स थामीको मृत्यु भएको थियो । पहिरोमा परेका स्थानीय ६० वर्षीय कृष्ण मगर र ४९ वर्षीय हरिलाल श्रेष्ठ अझै फेला नपरेको प्रहरीले जनाएको छ ।

रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved