एजेन्सी । कलेजो खाना पचाउनदेखि लिएर शरीरमा भएको फोहोरलाई सफा गर्न पनि एकदमै सहयोगी हुन्छ । यो स्वस्थ नहुँदा कैयौं प्रकारका भयानक बिमारीहरू पनि हुन सक्छन् । त्यसैले कलेजोलाई खानपान तथा कसरत गरेर स्वस्थ राख्न सकिन्छ । यहाँ कुरा गरौं विभिन्न योगासनका बारेमा, जसलाई नियमित गर्दा कलेजो स्वस्थ रहन्छ ।
भुजंगासन
भुजंगासन गर्नाले कलेजो क्रियाशील हुन्छ । यसलाई कोबरा पोज पनि भनिन्छ, जसलाई दैनिक अभ्यास गर्नाले पेटका आन्तरिक अंगहरुमा स्ट्रेच हुन्छ जसले
कलेजो स्वस्थ रहन्छ ।
अधोमुख श्वानासन
अधोमुख श्वानासन गर्दा शरीरको पूरै तौल हात तथा खुट्टामा हुन्छ । यसको नियमित अभ्यासले कलेजो, मिर्गौला तथा पेटका सबै आन्तरिक अंगहरूमा रक्तसञ्चार बढ्छ ।
धनुरासन
धनुरासनको अभ्यास गर्नाले लिवर फुल्दै आउँछ जसले गर्दा सुस्त सुस्त कलेजो बलियो हुँदै जान्छ ।
गोमुखासन
गोमुखासनको अभ्यास दैनिक गर्नाले मन भित्रदेखि नै शान्त हुन्छ । साथै, कलेजो पनि बलियो बन्छ । यसलाई दैनिक कम्तीमा ४–५ पटक गर्नु जरुरी छ ।
मंडुकासन
मंडुकासन गर्ने बेलामा भ्यागुता जस्तो पोज गरिन्छ जसले शरीरको मेटाबोलिज्म बढाउनुका साथै कलेजोलाई स्वस्थ बनाइराख्न सहयोग गर्छ ।
कलेजोलाई स्वस्थ राख्नका लागि यी बाहेक अन्य योग शलभासन, मलासन, अर्ध मतस्यासन आदि योगाभ्यास पनि गर्न सकिन्छ ।
Facebook Comment
Comment