मन्त्रीहरूलाई हरेक महिना कार्य सम्पादनको रिपोर्ट बुझाउन भनेको छु : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

मन्त्रीहरूलाई हरेक महिना कार्य सम्पादनको रिपोर्ट बुझाउन भनेको छु : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक मन्त्रीहरूँग कार्य सम्पादन सम्झौता गरिएको बताएका छन् ।

शुक्रबार चितवन आएका प्रधानमन्त्री ‘प्रचण्ड’ले चितवनको भरतपुर २२ पटिहानीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरूले हरेक महिना प्रगति विवरण बुझाउनुपर्ने गरी सम्झौता गरिएको बताए ।

अहिलेको सरकार सुशासन, न्याय र समृद्धिको लागि दृढ भएर लागेको बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपालमा समृद्धिको यात्रा अगाडि बढाउँदै सुशासन कायम गरेर भष्ट्राचारको अन्त्य गर्न सरकार लागेको बताए ।

उनले बूढीगण्डकी लगायतका ठूला परियोजनाहरूको निर्माण कार्य अगाडि बढ्न लागेको जनाउँदै एउटै परियोजनाबाट १० हजार मेगावाटसम्म विद्युत् निकाल्ने गरी काम भइरहेको बताए ।

विदेशमा जाने युवा र स्वदेशभित्रै केही गर्न चाहने युवाका पक्षमा सरकारले महत्त्वपूर्ण निर्णय गरेको पनि प्रधानमन्त्री प्रचण्डले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved