नेपाल लाइफको लिडरसीप एक्सिलेन्स अवार्ड सम्पन्न

नेपालभ्युज

नेपाल लाइफको लिडरसीप एक्सिलेन्स अवार्ड सम्पन्न

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरसीप एक्सिलेन्स अवार्ड भव्यतापूर्वक सम्पन्न भएको छ । चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा श्रावण १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम ‘सार्क वर्ष ः पराक्रमी गति, आक्रामक नीति’ नाराका साथ सम्पन्न भएको हो । उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १३० भन्दा बढी एजेन्सी तथा एजेन्सी मेनेजरहरुको सहभागिता रहेको थियो ।

पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लागेका सहयात्रीप्रति आभार प्रकट गरे ।

‘पराक्रमी गति आक्रामक नीति’ नारासहित सार्क वर्षको अवधारणालाई आत्मसाथ गर्दै कम्पनी अघि बढेको देख्दा खुसी लागेको उनले बताए ।

कार्यक्रममा बोल्दै संचालक विमलप्रसाद ढकालले यस कम्पनीका बीमा अभिकर्ताहरुले बीमालाई नेपालीको घरदैलोमा पु¥याउन गरेको योगदाको प्रशंसा गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित हुनु भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गरे ।

कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ८१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै २० जनालाई सम्राट पदक, २३ जनालाई रत्न पदक र ६३ जनालाई समृद्धि पदकबाट पनि विभुसित गरिएको थियो ।

त्यस्तै एजेन्सी मेनेजर तर्फबाट क्रमशः नेपाल प्रथम, द्वितीय र तृतीय हुने बसन्ती शर्मा, मदन भट्ट र स्नेहा भट्ट तथा व्यक्तिगत कोड तर्फ बाट क्रमस नेपाल प्रथम, दितिय र तृतीय हुने खुशी भट्ट, शान्ता राजबंशी, भीमा पन्थीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved