२४ तोला सुनसहित एक महिला पोखराबाट पक्राउ

नेपालभ्युज

२४ तोला सुनसहित एक महिला पोखराबाट पक्राउ

कास्की। पोखरामा २४ तोला सुनसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-१ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कल्पना गुरुङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय बैदामका अनुसार गुरुङलाई काठमाडौंबाट पोखरा आउने क्रममा पृथ्वीचोकबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेकी गुरुङ र सुनबारे अनुसन्धान भइरहेको छ।

अहिले मुचुल्का उठाउने काम भइरहेको बैदाम प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved