नगरपालिका क्षेत्रमा आँखा पाक्ने रोग बढेसँगै नि:शुल्क शिविर (तस्वीरहरू)

नगरपालिका क्षेत्रमा आँखा पाक्ने रोग बढेसँगै नि:शुल्क शिविर (तस्वीरहरू)

काठमाडौं। काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले आफ्नो क्षेत्रमा भाइरल कन्जन्क्टिभाइटिस (आँखा पाक्ने रोग) बढेसँगै नि:शुल्क चेकजाँच शिविर सुरु गरेको छ।

आज (साउन २५) बिहान ८ बजेदेखि गोकर्ण नगर अस्पतालको आँखा वार्डमा शिविर सञ्चालन गरिएको हो।

हाल देशव्यापीरूपमा फैलिरहेको आँखा सम्बन्धी रोगका कारण जन स्वास्थ्यमा प्रतिकूल असर पारिरहेकोले उक्त रोगको समस्या गोकर्णेश्वर नगरपालिका क्षेत्रमा पनि देखिएको हुँदा आँखा सम्बन्धी रोग नियन्त्रणका लागि नगरपालिकाको नगर अस्पतालमा निःशुल्क आँखा जाँच का साथै औषधी उपचारको व्यवस्था सहितको सिविर सञ्चालन गरिएको मेयर दीपक कुमार रिसालले जानकारी दिएका छन्।

नगरपालिका भित्रका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूमा आँखा रातो हुने, सुनिने, आँखा बिझाउने वा दुखे, घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने समस्या देखिएमा गोकर्णेश्वर नगर अस्पतालमा पठाइदिनुहुन अभिभावक तथा विद्यालय लगायत सम्बन्धित सबैमा नगरपालिकाले अनुरोध गरेको छ।

तस्वीरहरू:-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved