शास्त्र अनुसार यस्ता जीव आउँदा घरमा हुन्छ सुख, शान्ति र समृद्धि

नेपालभ्युज

शास्त्र अनुसार यस्ता जीव आउँदा घरमा हुन्छ सुख, शान्ति र समृद्धि

काठमाडौं। हिन्दू धर्मको प्रकृति तथा जीवजन्तुसँग गहिरो नाता छ । कयौं जीवलाई शास्त्रमा एकदमै शुभ मानिएको छ। यिनीहरूको अचानक घरमा आगमनले धन आउने सम्भावना बढने शास्त्रमा उल्लेख छ ।

शास्त्र अनुसार कस्ता जीव घरमा आउँदा शुभ हुन्छ आउनुहोस् जानौं–

सुगा

यदि, घरमा अचानक सुगा आउँछ भने यसलाई एकदमै धेरै शुभ मानिन्छ । किनकि, सुगाको सम्बन्ध भगवान कुबेरसँग मानिएको छ । यस्तोमा यसलाई धनको कारक मानिन्छ ।

कछुवा

हिन्दू धर्ममा कछुवालाई भगवान् विष्णुको दश अवतारमध्ये एक मानिएको छ। यो घरमा हुँदा सकारात्मकता बनिरहन्छ । साथै, तपाईंको बिग्रेको काम बन्न थाल्छ ।

कमिला

काला कमिलाको सम्बन्ध शनि देवसँग मानिएको छ । जसको घरमा कमिलाको एउटा समूह बनेर आउँछ त्यो घरमा सुख तथा ऐश्वर्य प्राप्ति हुन्छ भनिएको छ ।

अन्डा भएको कमिला

यदि घरमा कमिलाले मुखमा अण्डा लिएर आइरहेको छ भने यो एकदमै शुभ मानिन्छ । यसलाई घरमा धन आगमनको संकेतका रुपमा हेरिन्छ ।

दुईमुखे सर्प

दुईवटा मुख भएको सर्पलाई लक्ष्मीको वाहकको रूपमा मानिन्छ । यस्तो सर्प एकदमै दुर्लभ पाइन्छ, यदि यो तपाईंको घर वरिपरि देखिएको छ भने शुभ संकेत मानिन्छ । यस्तो मान्यता पनि छ कि यस्तो सर्पले कसैलाई टोक्दैन ।

चरा

घरमा चरा वा भंगेरा आउनु, गुँड बनाउनु पनि सुख समृद्धि आउने संकेत हो । जसको घरमा चराको गुँड छ त्यहाँ धनको कमी कहिल्यै हुँदैन भनिन्छ ।

परेवा

घरभित्र सेतो परेवा देखिनु पनि एकदमै शुभ मानिन्छ । यस्तो मान्यता छ कि सेतो परेवा आउँदा घरमा सुख शान्ति पनि आउँछ । त्यसो त परेवालाई शान्तिको प्रतीक पनि मानिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved