काठमाडौं । प्रमुख प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभाको बैठकमा पनि अवरोध गरेको छ । सुन तस्करी छानबिनका लागि समिति बनाउनुपर्ने माग राख्दै एमालेले अवरोध गरेको हो ।
एमालेको अवरोधपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक साउन २६ गते बिहान ११ बजेका लागि बोलाएका छन् ।
बुधबारको राष्ट्रियसभा बैठकमा सांसदहरुले समसामियक विषयमा भने बोलेका थिए । समसामयिक विषयमा सासदहरुले बोलेपछि अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभालाई नियमित कार्यसूचीमा लगेपछि एमाले सांसदहरु उठेका थिए ।
एमाले सांसद विमलाकुमारी घिमिरेले सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय छानबिन गर्न सरकार तयार नभएसम्म संसद चल्न नदिने बताइन् ।
एमालेको अवरोधका कारण आजको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ ।
Facebook Comment
Comment