कैलालीमा बाढी, साढे २ सय परिवार विस्थापित

नेपालभ्युज

कैलालीमा बाढी, साढे २ सय परिवार विस्थापित

कैलाली । कैलालीको कैलारी गाउँपालिकाका २ सय ५० घरमा पानी पसेको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण कैलारी गाउँपालिकाका विभिन्न बस्तीका झण्डै दुई सय ५० घरमा पानी पसेको हो ।

कैलारी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बमका अनुसार कैलारी गाउँपालिकाका भुँइयाँफाटा, रामपुर, वसन्ता, नारायणपुर लगायतका वस्तीमा पानी पसेर दुई सय ५० घरपरिवार विस्थापित भएका छन् ।

डुवान भएका वस्तीका घरधुरी अहिले विद्यालयमा बसिरहेको उनको भनाई छ । पछिल्लो २४ घण्टामा टीकापुरमा एक सय सात मिलिलिटर वर्षा भएको छ ।

कैलालीको कर्णाली नदीको वहाव बढ्दै गएको छ भने अन्य सहायक नदी तथा मोहना नदीको बहाव स्थिर रहेको छ । कर्णाली नदीको बहाव अहिले सात दशमलव ८६ मिटर पुगेको छ ।

सो नदीको बहाव १० मिटर पुगेमा सर्तकता तह र १० दशमलब आठ मिटर पुगेमा खतरा तह मानिन्छ ।

गोदावरी धाममा लाखौका भौतिक संरचनामा क्षति

बर्षासंगै आएको बाढी, पहिरोले कैलालीको धार्मीक पर्यटकीय स्थल गोदावरी धाममा ठूलो क्षति पुर्याएको छ ।

सोमबार राति ७ बजेपछि आएको बर्षाले धाममा निर्माण गरिएका भौतिक संरचनामा लाखौको क्षति पुर्‍याएको छ । स्थानीयका अनुसार शिवमन्दिर, विष्णु मन्दिर, संस्कृति पढाई हुने विद्यालयमा क्षति पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved