एजेन्सी। कतिपय मानिस दिउँसोको भोजनपछि केही समय सुत्न रुचाउँछन् । बिहानदेखि दिउँसोसम्म घरमा काम गरेर थकान तथा अल्छीपना महसुस हुन थाल्छ । दिउँसोको खाना खाएपछि सुत्नु सही छ कि गलत आउनुहोस् जानौं।
– दिउँसोको समयमा खाना खाएपछि सुत्नु शरीरका लागि सही हुँदैन । यसले वाटर एलिमेन्ट र फ्याट बढ्न सक्छ । यसले मेटाबोलिज्म पनि कमजोर हुन सक्छ ।
– खाना खाएपछि तुरुन्त सुत्दा पाचनसम्बन्धी समस्या हुन सक्छ । यसले खाना सहीसँग पच्न पाउँदैन।
– यदि, तपाईं पनि दिउँसो खाना खाएपछि वा डिनरपछि तुरुन्त सुत्नुहुन्छ भने यस्तो बानी कैयौं बिमारीहरूको कारण बन्न सक्छ।
– आयुर्वेदका अनुसार दिउँसोमा बच्चा, बुढा तथा त्यस्ता व्यक्तिलाई सुत्न ठीक हुन्छ जो शारीरिक श्रम गर्छन् ।
– खाना खाएपछि तुरुन्तै बज्रासनमा बस्नुपर्दछ । कम्तीमा ५ देखि १० मिनेटसम्म यस आसनमा बस्नुहोस् ताकि रगत फ्लो र मेटाबोलिज्म स्वस्थ रहोस् ।
– दिउँसो भोजनपछि तुरुन्त बेडमा पल्टनु पनि हुँदैन । यसले पाचनसँग जोडिएका समस्या जस्तै ब्लोटिंग, एसिडिटी, कब्जियत आदि समस्या हुन सक्छन् ।
– खाना खाएपछि कम्तीमा पनि १०० कदम जति स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । त्यसपछि, चाहे तपाईं केहीबेर आराम गर्न तथा सानो न्याप लिन सक्नुहुन्छ।
Facebook Comment
Comment