नयाँ मार्क्सवादको खोजीमा प्रचण्ड !

प्रविधिको विकासले विश्वनै गाउँजस्तो भएको तर्क गर्दै अध्यक्ष प्रचण्डले ‘डिजिटाइजेसनसहित भूमण्डलीकरण’ युग सुहाउँदो नयाँ मार्क्सवादको खोजीमा रहेको बताएका हुन् ।

नेपालभ्युज

नयाँ मार्क्सवादको खोजीमा प्रचण्ड !

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नयाँ मार्क्सवादको खोजीमा रहेको बताएका छन् । प्रविधिको विकासले विश्वनै गाउँजस्तो भएको तर्क गर्दै अध्यक्ष प्रचण्डले ‘डिजिटाइजेसनसहित भूमण्डलीकरण’ युग सुहाउँदो नयाँ मार्क्सवादको खोजीमा रहेको बताएका हुन् ।

काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै अध्यक्ष प्रचण्डले भने– ‘मार्क्स–एंगेल्सको पालाको जस्तो घ्रुवीकरणको अवस्था छैन अहिले । डिजिटाइजेसनसहितको भूमण्डलीकरणको युगको नयाँ मार्क्सवादको खोजीमा छौं हामी । यो कष्टसाध्य छ । तर हामीले विकास गर्नुपर्छ ।’

उनले आफू पार्टी अध्यक्षसँगै देशको प्रधानमन्त्री भएको कुरा बुझिदिन केन्द्रीय सदस्यहरुलाई आग्रह गरे । ‘म पार्टीभित्र पार्टीको अध्यक्ष हो । बाहिर गएपछि म देशको प्रधानमन्त्री हो । देशको प्रधानमन्त्रीले देशको नेतृत्व गर्नुपर्छ । पार्टी अध्यक्ष मात्र होइन, म त्यहींअनुसार अघि बढ्नेछु ।’

अध्यक्ष प्रचण्डले जवाफ दिएसँगै माओवादी बैठक सकिनेछ ।

माओवादीको यो केन्द्रीय समिति बैठकमा नेतृत्वको खुलेरै आलोचना भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved