मनी प्लान्ट कसैलाई दान गर्न हुन्छ वा हुँदैन ?

नेपालभ्युज

मनी प्लान्ट कसैलाई दान गर्न हुन्छ वा हुँदैन ?

एजेन्सी । घरमा मनी प्लान्ट लगाउनु शुभ मानिन्छ । भनिन्छ, मनी प्लान्टको विरुवा घरमा लगाउनाले जीवनमा प्रगति हुन्छ ।

त्यसो त यो विरुवाबाटै पैसा फल्ने होइन तर पनि मानिसको यसलाई लगाउँदा पैसा घरमा आउने विश्वास रहिआएको छ । वास्तुशास्त्रमा पनि मनी प्लान्टलाई कसैलाई दान गर्नु हुन्छ वा हुँदैन यसबारेमा समेत बताइएको छ ।

मनी प्लान्टलाई घरको पूर्व वा दक्षिण दिशामा नै लगाउनु पर्दछ । यसले आर्थिक स्थितमा सुधार हुन्छ र सकारात्मक ऊर्जा आउँछ । मनी प्लान्ट तीव्र गतिमा बढ्ने विरुवा हो त्यसैले ध्यान राख्नुहोस् यो विरुवाले जमिनमा छुनुहुँदैन नत्र तपाईंलाई वास्तु दोष लाग्न सक्छ ।

मनी प्लान्टलाई घरबाहिर वा फूलबारीमा लगाउनु हुँदैन । यसलाई सधैं घरभित्रै गमलामा वा कुनै बोतलमा लगाउनु पर्दछ । वास्तुशास्त्र अनुसार मनी प्लान्टलाई कहिल्यै पनि अरुलाई दानमा दिनु हुँदैन । यसो गर्नाले घरको सुखसमृद्धि जाने मान्यता रहेको छ ।

वास्तुअनुसार मनी प्लान्ट बाहेक यसको पात पनि कसैलाई दान गर्नु हुँदैन । यसले आर्थिक संकटको सामना गर्नुपर्ने हुन सक्छ । मनी प्लान्ट घरमा लगाउनाले सुखसमृद्धि तथा खुशीयाली आउने मान्यता छ । त्यसैले पनि यसलाई अरु कसैलाई दान गर्दा सुख पनि जाने मान्यता रहेको छ ।

यदी मनी प्लान्टसँग जोडिएका यी वास्तु निययको पालना गरिएन भने घरको सुख समृद्धिका साथै पैसा पनि जाने मान्यता छ । त्यसैले यदी तपाईं वास्तुशास्त्रलाई मान्नुहुन्छ भने मनी प्लान्टसँग सम्बन्धित यस्ता जानकारीलाई पनि ध्यान दिन सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved