पानीले भरपूर परवल सेवनले हुन्छ यस्तो फाइदा

नेपालभ्युज

पानीले भरपूर परवल सेवनले हुन्छ यस्तो फाइदा

एजेन्सी। पानीले भरपूर परवलको सेवन गरेर तपाईं डिहाइडेसनको कारण भइरहेका स्वास्थ्य समस्याहरूलाई कम गर्न सक्नुहुन्छ । आउनुहोस् यो मौसममा परवलको सेवन गर्दा हुने फाइदाहरूका बारे जानौं ।

– शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि परवलको सेवन गर्नु फाइदाजनक हुन सक्छ । यसमा पाइने पोषक तत्वले इम्युनिटीलाई बुस्ट गर्न सहयोग गर्छ ।

– परवलको तरकारीमा म्याग्नेशियम र फ्लेवेनाइड भरपूर रुपमा हुन्छ, जो गर्मीमा कोरोनरी आर्टरी डिजीजको जोखिमलाई कम गर्छ ।

– खराब खानपानले गर्दा कब्जियतको समस्या हुन थाल्छ जसबाट आराम पाउनका लागि खानपानमा परबललाई समावेश गर्नुहोस् । यसले कब्जियत कम गरेर पेटलाई सफा राख्छ ।

– त्यस्तै गर्मीमा हुने लुबाट पनि परवलको सेवनले बचाउने गर्छ । यसको तरकारीलाई नियमित रुपमा आफ्नो खानपानमा समावेश गराउँदा गर्मीमा हुने लु आदि समस्याबाट राहत पाउन सकिन्छ ।

– त्यस्तै तौल कम गर्नका लागि पनि परवललाई नियमित खानपानमा समावेश गराउनुहोस् । यसमा क्यालोरीको मात्रा एकदमै कम हुन्छ साथै शरीरको फ्याट बर्न गर्न पनि सहयोग गर्छ ।

– परवलको नियमित सेवनले पेटसँग जोडिएका समस्यालाई पनि कम गर्छ । पेटमा हुने गर्मीलाई यसले सितल बनाउने गर्छ जसले गर्दा अपच, एसिडीटी, छाती जल्ने आदि समस्या कम हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved