बच्चाका यी पाँच नराम्रा बानीले बिग्रन सक्छ दाँत

नेपालभ्युज

बच्चाका यी पाँच नराम्रा बानीले बिग्रन सक्छ दाँत

एजेन्सी । बच्चाका केही नराम्रा बानीव्यवहारले उनीहरुको स्वास्थ्यमा पनि नराम्रो असर पर्दछ । जस्तै अत्यधिक गुलियो खानाले दाँतसँग जोडिएका समस्या आदि । यस्तै केही बानीका कारण बच्चाका दाँत तथा गिँजा कमजोर हुन सक्छन् । आउनुहोस् जानौं बच्चाका ती खराब बानीका बारेमा–

  • यदी तपाईंको बच्चाले धेरै चकलेट मिठाइ खान्छ भने उसको दाँतमा क्याविटी हुन सक्छ । खानेकुरा दाँतको बीचमा फस्छ । यसरी क्याविटी हुन थाल्छ । त्यसैले बच्चालाई गुलियो चिजहरु धेरै खान नदिनुहोस् ।
  •  त्यस्तै बच्चाको औंला चुस्ने बानी पनि नराम्रो हुन्छ । यसरी औंलाको माध्यमबाट खराब ब्याक्टेरिया शरीरमा प्रवेश गर्छ जसले गर्दा विभिन्न भाइरल इन्फेक्शनहरु हुने खतरा हुन्छ । साथै त्यस्ता ब्याक्टेरियाले सिधा असर दाँतलाई गर्दछ ।
  •  कतिपय बच्चाको सानैदेखि नङ टोक्ने बानी हुन्छ । यसले पनि दाँत खराब हुन सक्छ । नङमा एकदमै धेरै फोहोर अड्कीएको हुन्छ, जो सिधै मुखमा जान्छ । यसले क्याविटीको कारण पनि बन्छ ।
  •  बच्चाको यदी मुख खोलेर सुत्ने बानी छ भने पनि त्यो दाँतका लागि नराम्रो हुन्छ । यसरी सुत्दा मुख सुख्खा हुन्छ साथै मुखमा ब्याक्टेरियाको संख्या बढ्छ । सलाइवाको कमीले गर्दा दाँतमा क्याविटी, स्वास गन्हाउने, घाँटी दुख्ने जस्तो समस्या हुन सक्छ ।
  • बच्चाले दाँत घोट्न जानेका हुँदैनन् । यसरी कैयौं बच्चाको एकदमै धेरै घोटेर ब्रस गर्ने बानी हुन्छ । जसले दाँतमा समस्या ल्याउन सक्छ । यसले गिँजाबाट रगत आउने आदि समस्या हुन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved