एजेन्सी । महिलाहरु कयौंपटक अफिसमा ढिलासम्म काम गर्नुपर्ने भएकाले घर ढिला पुग्ने गर्छन् । यसक्रममा उनीहरु एक्लै कुनै ट्याक्सी, गाडी वा पैदल जाने क्रममा उनीहरुको मनमा कयौं डर आउने गर्छ । यस्तोमा आउनुहोस् जानौं केही सामग्रीहरुका बारेमा जसलाई महिलाले आफ्नो सुरक्षाका लागि आफूसँग राख्नु एकदमै राम्रो हुन्छ ।
सेफ्टी टर्च
तपाईं आफ्नो पर्समा ‘शक इफेक्ट टर्च’ राख्न सक्नुहुन्छ । यसको सहयोगले तपाईं कहिल्यै एक्लै भएको बेला आफ्नो सुरक्षा गर्न सक्नुहुन्छ ।
पेपर स्प्रेयर
पेपर स्प्रेयरको सानो बोतल सजिलै बजारमा पनि पाइन्छ । पेपर स्प्रेयरले तपाईंलाई कुनै समस्याबाट बाहिर निकाल्न सक्छ ।
पेपर जेल
यो तपाईंको लागि एकदमै राम्रो सुरक्षा टुल्स सावित हुन्छ । पेपर जेलले तपाईंले दुश्मनलाई टाढाबाट पनि प्रयोग गर्न सक्नुहुन्छ ।
स्विस नाइफ
यो टुल पनि एकदमै सजिलै पर्समा बोक्न सकिन्छ । यसमा विभिन्न खालका चाकु, कैंची आदि हुने गर्छ । जसलाई तपाईंले आवश्यक पर्दा प्रयोग गर्न सक्नुहुन्छ ।
सेफ्टी अलार्म
यसबाट यति ठूलो आवाज आउँछ कि कसैलाई सुन्न गाह्रो पर्छ । यसलाई बजाएर तपाईंले भिडलाई बोलाउन सक्नुहुन्छ । वा छेउछाउका मानिसहरु सतर्क भएर तपाईंतिर मद्दतका लागि आउनेछन् ।
लेजर टर्च
यदी तपाईंले यसको उज्यालो कोही व्यक्तिमा वा जनावरको आँखामा गर्नुभयो भने यसको लाइट देखेपछि उक्त व्यक्तिले केहीबेर चारैतिर अँध्यारो देख्नेछ । जसले गर्दा तपाईंलाई त्यो स्थानबाट भाग्न सहयोग हुनेछ ।
Facebook Comment
Comment