दुई देशका प्रस्तावित राजदूतमाथिको सुनुवाइ सकियो

नेपालभ्युज

दुई देशका प्रस्तावित राजदूतमाथिको सुनुवाइ सकियो
फाइल तस्वीर ।

काठमाडौं । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ गरेको छ ।

समितिको बिहीबार बसेको बैठकले युनाइटेड अबर इमिरेट्स (युएई)का लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालको सुनुवाइ गरेको हो ।

प्रस्तावित राजदूतहरुले आफूले जिम्मेवारी पाए दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न भूमिका खेल्ने बताएका छन् ।

समितिको बैठकमा सांसदहरुले राजदूतहरुले नियुक्त भएको देशमा पुगेपछि विश्रामस्थलको रुपमा लिने गरेको भन्दै आगामी दिनमा त्यसो नगर्न सचेत गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved