२०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपालभ्युज

२०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। बिहीबार पनि सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदी दुवैको मूल्य घटेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १४ सय २५ रुपैयाँ कायम भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved