राजदूत नियुक्ति समावेशी बनाउन सरकार प्रतिबद्ध

नेपालभ्युज

राजदूत नियुक्ति समावेशी बनाउन सरकार प्रतिबद्ध

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले राजदूत नियुक्तिलाई समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बुधबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले नेपाल सरकार सबै प्रकारका नियुक्तिहरुलाई संवैधानिक व्यवस्था अनुसार समावेशी बनाउन प्रतिवद्ध रहेको पनि बताए ।

मन्त्री साउदले हाल मन्त्रालयमा रहेका १७ सहसचिवमध्ये ६ जना समावेशी सिद्धान्तको आधारमा छनौट भइ कार्यरत रहेको पनि समितिलाई जानकारी गराए ।
त्यसैगरी ५० उपसचिवहरु मध्ये ३१ जना समावेशी कोटाबाट आएको उनको भनाइ छ ।

मन्त्री साउदले हाल २६ देशमा कार्यरत राजदूतमध्ये समावेशी सिद्धान्तकै आधारमा महिला ३, जनजाति ४, मधेसी १, अपांगता भएका व्यक्ति १ रहेको जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved