प्रचण्ड-ओलीबीच कुरा मिलेन, एमालेले संसद अवरोध जारी राख्ने

नेपालभ्युज

प्रचण्ड-ओलीबीच कुरा मिलेन, एमालेले संसद अवरोध जारी राख्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच संसद खुलाउने विषयमा भएको छलफल सहमतिमा पुग्न सकेन ।

प्रचण्ड र ओलीबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा कुरा मिल्न नसकेको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

एमाले अध्यक्ष ओलीले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राखेपछि दुई नेताबीच सहमति हुन नसकेको हो ।

एमालेले सुन तस्करीको छिनोफानो नभएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ ।

अब एमालेले आज १ बजे बस्ने संसद अवरुद्ध गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved