प्रधानमन्त्रीले भने- स्पष्टीकरणको मौका नदिइ मन्त्रीको राजीनामा माग्नु गलत

नेपालभ्युज

प्रधानमन्त्रीले भने- स्पष्टीकरणको मौका नदिइ मन्त्रीको राजीनामा माग्नु गलत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उद्देश्यबाट मन्त्रीहरुको राजीनामा माग्ने चलन गलत भएको बताएका छन् ।

‘राजनीतिक उद्देश्यका निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो होइन’, शुक्रबार इटाली भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘कुनै विषयमा प्रश्न उठे मन्त्रीहरुलाई स्पष्टीकरणको मौका दिनैपर्छ । स्पष्टीकरणको मौका नदिइ राजीनामा नदिए संसद चल्न दिन्नौं भन्ने संस्कृति गलत हो ।’

संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्केका हुन् ।

उनले सम्मेलनको क्रममा बांगलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेट भएको र नेपाल र बांगलादेशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, क्षेत्रीय सहयोग, अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपाल र बंगलादेशबीचको सहकार्य जस्ता विषयहरु छलफल भएको जानकारी पनि दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved