नदीमा डुबेर एक बालक बेपत्ता, अर्का एकको उद्धार

नेपालभ्युज

नदीमा डुबेर एक बालक बेपत्ता, अर्का एकको उद्धार

डोटी। डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् ।

दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा नदीमा डुबेका हुन् ।

उनीसँगै डुबेका चार वर्षीय मिलन साउदको स्थानीयले उद्धार गरेका थिए । उद्धार गरिएका उनको डडेल्धुरामा उपचार भइरहेको छ । बेपत्ता सुशान्तको खोजीका लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन् । दुवैजना खेल्दाखेल्दै सेती नदीमा पुगेको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved