गृहमन्त्री श्रेष्ठसँग ओली आक्रोशित, होस पुर्‍याएर बोल्न चेतावनी

नेपालभ्युज

गृहमन्त्री श्रेष्ठसँग ओली आक्रोशित, होस पुर्‍याएर बोल्न चेतावनी
फाइल तश्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई होस पुर्‍याएर बोल्न चेतावनी दिएका छन् ।

कम्बोडिया भ्रमणबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मेलनमा ओलीले विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिएको सन्दर्भमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका हुन् ।

उनले गृहमन्त्रीको ‘बद्तमिज र गैरजिम्मेवारी’ ले हद नाघेको उल्लेख गरेका छन् ।

‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ । उहाँले एयरपोर्टमा सेक्युरिटी बन्दोबस्त गर्नुभएको छ कि छैन ? एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो कि होइन ? यहाँको आउने जानेहरूको निरीक्षण गर्ने काम उहाँको हो कि होइन ?’  अध्यक्ष ओलीले भने,’अनि क्विन्टलका क्विन्टलका सुन बाहिर जान्छ गृहमन्त्री ‘कोट’को गाला र ‘टार’को गालामा काँक्राको बियाँ टाँस्दै हुनुहुन्छ । यो अत्यन्तै अनैतिक क्रियाकलाप हो । गृहमन्त्रीको क्रियाकलाप गैरजिम्मेवार छ । आफू गृहमन्त्री भएर यस्ता खालका गैरजिम्मेवार कुरा गरेर हिँड्ने ?’

गृहमन्त्री श्रेष्ठले सुन पक्राउ परेपछि विमानस्थल भन्सार र अध्यागमनको निरीक्षण गर्ने क्रममा बालुवाटार र बालकोटप्रति संकेत गर्दै कुनै पनि ‘टार, कोट र पार्टी’ ले पनि यसको छानबिनमा रोक्न नसक्ने बताएका थिए ।

अध्यक्ष ओलीले अरु कसैले गृहमन्त्रीको जवाफदेहीताको कुरा उठायो भने मुद्दा हाल्न जाने ? भन्दै प्रश्न गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved