मस्कले गरे ट्विटरको लोगो परिवर्तन, राखियो ‘एक्स’

नेपालभ्युज

मस्कले गरे ट्विटरको लोगो परिवर्तन, राखियो ‘एक्स’

काठमाडौं। एलन मस्कले ट्विटरको लोगो फेरेका छन्। मस्कले ट्विटरको नयाँ लोगोमा अंग्रेजी अक्षर ‘एक्स’ राखेका हुन्। यसअघि, ट्विटरको लोगोमा ‘निलो चरा’ थियो ।

ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर ‘एक्स’ देखिन्छ ।

मस्कले यसअघि पनि ट्विटरको लोगो परिर्वतन गर्ने प्रयासका बाबजुद ‘निलो चरा’को सट्टा ‘कुकुर’ अंकित लोगो सार्वजनिक गरेका थिए । तर, व्यापक विरोधका कमेन्टहरू आउन थालेपछि उक्त लोगो हटाएर पुन: चराकै लोगो राखेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved