सुडानको डार्फरमा गोलाबारी, १६ जना मारिए

नेपालभ्युज

सुडानको डार्फरमा गोलाबारी, १६ जना मारिए

काठमाडौं। सुडानको दक्षिणी डार्फरमा युद्धरत पक्षहरूबीच भएको झडपमा १६ जना सर्वसाधारणको मृत्यु भएको छ।

सुडानको दक्षिणी डार्फर राज्यको राजधानी न्यालामा सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)बीचको बमबारीमा कम्तीमा १६ जना सर्वसाधारणको मृत्यु भएको डार्फर बार एसोसिएसनले जनाएको हो ।

पेशागत वकिलहरूको सङ्गठनले सडक र नागरिकका घरमा गोलीबारी भएको जनाउँदै शुक्रबारदेखिको दोहोरो भिडन्तले न्याला क्षतविक्षत भएको बताएको छ । गोलाबारी र भिडन्तका कारण न्यालाको दक्षिणमा रहेको अल–वोहदा र करारीलगायत क्षेत्र प्रभावित भएका छन् ।

सङ्घले युद्धरत पक्षहरूलाई तत्काल युद्ध बन्द गर्न र सर्वसाधारणलाई आक्रमणको निशाना नबनाउन आग्रह गरेको छ ।

गत अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रमा सुडानी सेना र आरएसएफबीच जारी युद्धमा तीन हजारभन्दा बढीको मृत्यु भएको छभने ६ हजारभन्दा बढी घाइते भएका छन् । संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार सुडान द्वन्द्व सुरु भएयता ३० लाखभन्दा बढी विस्थापित भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved