ट्रम्पको गोप्य दस्तावेजसम्बन्धी सुनुवाइ मे २०२४ मा हुने

नेपालभ्युज

ट्रम्पको गोप्य दस्तावेजसम्बन्धी सुनुवाइ मे २०२४ मा हुने

मियामी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेजको दुरुपयोग गरेको अभियोगमा अर्को वर्षको मे महिनामा मुद्दाको सुनुवाइ सुरु हुने भएको छ ।

अमेरिकी जिल्ला अदालतका न्यायाधीश आइलिन क्याननले सन् २०२४ को मे २० देखि पूर्वराष्ट्रपति ट्रम्पको सुनुवाई सुरु गर्न आदेश दिएका हुन् ।

अभियोजकहरूले डिसेम्बरमा मुद्दाको सुनुवाइ सुरु गर्न माग गरेका थिए भने ट्रम्पका प्रतिरक्षा वकिलहरूले नोभेम्बर २०२४ को राष्ट्रपति चुनावपछि यो मुद्दा सञ्चालन गर्न अनुरोध गरेका थिए ।

रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि मनोनयनका प्रबल दाबेदार ७७ वर्षीय ट्रम्प चुनावका लागि पार्टीको सशक्त दावेदारको चयनका लागि हुने प्राथमिक अभियानको शिखरमा सुनुवाई हुनेछ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved