काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले स्थायी कमिटीदेखि केन्द्रीय कमिटीसम्मको बैठक बोलाउने निर्णय गरेको छ । सो पार्टीको शुक्रबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो।
गत शुक्रबारदेखि सुरु भएको बैठकले पार्टीको महाधिवेशन माघ वा फागुनमा गर्ने सहमति जुटाए पनि महाधिवेशनको मिति भने केन्द्रीय सचिवालयको प्रस्तावमा केन्द्रीय कमिटी बैठकले तय गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
प्रचार विभाग प्रमुख खतिवडाका अनुसार साउन १५ गते सचिवालय बैठक, १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिट्ब्यूरो बैठक तथा २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइने भएको छ । साउन १५ भित्र अहिले सचिवालय बैठकमा भएका छलफललाई मर्त रुप दिइनेछ ।
साथै बैठकले राजनीतिक र वैचारिक विषयमा छलफल गरेको छ भने राष्ट्रिय मुद्दामा एकीकृत धाराणा बनाएर अघि बढ्ने निष्कर्ष निकालेको छ ।
Facebook Comment
Comment