प्रतितोला ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपालभ्युज

प्रतितोला ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।

अघिल्लो दिन हालसम्मको उच्च विन्दु प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख १२ हजार ८ सय रुपैयाँमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि आज तोलामा ८ सय रुपैयाँले घट्दै १ लाख १२ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved