विमानस्थलमा अझै सय किलो सुन लुकाएको हुनसक्ने शंका

विमानस्थल बाहिरबाट झन्डै एक क्विन्टल बराबरको तस्करीको सुन बरामद भए पनि विमानस्थलमा अझै एकसय किलो जति हुनसक्ने आशंका गरिएको छ।

नेपालभ्युज

विमानस्थलमा अझै सय किलो सुन लुकाएको हुनसक्ने शंका

काठमाडौं। विमानस्थल बाहिरबाट झन्डै एक क्विन्टल बराबरको तस्करीको सुन बरामद भए पनि विमानस्थलमा अझै एकसय किलो जति हुनसक्ने आशंका गरिएको छ।

विमानस्थलको भन्सार परिसरमा थप एक सय किलो सुन रहेको आशंकामा राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गाना आफैँ विमानस्थल परिसरमा पुगेका छन्।

विमानस्थलको भन्सार जाँचपास भएर बाहिर गइसकेको अवैध सुन मंगलबार सिनामंगलबाट बरामद भएको थियो। त्यसको भोलिपल्ट सार्वजनिक गरिएको थियो। फेरि उस्तै प्रकृतिको एक सय किलो बढी सुन फेरि विमानस्थल भित्रै रहेको आशंकाको आधारमा विशेष अप्रेसन जारी राखेको छ।

कडा सुरक्षाकाबीच जोख्न लगिँदै ८ पोका सुन, हेर्नुहोस् पाँच फोटोमा

विमानस्थल बाहिरबाट समातिएको झन्डै एक क्विन्टल बराबरको तस्करीको सुन बिहीबार टक्सार महाशाखा लगिएको छ। कडा सुरक्षाकाबीच राजश्व अनुसन्धान विभागको टोलीले सुनलाई टक्सार महाशाखा लगेको हो।

आठ वटा बाकसमा रहेको उक्त सुनलाई महाशाखामा जोखिने छ। बरामद सुनको परिमाण एकिन भइसकेको छैन। अनुसन्धानमा संलग्न अधिकारीहरूले सुन करिब एक क्विन्टल हुन सक्ने अनुमान गरेका छन्।

सुन तस्करी प्रकरण : विमानस्थलको भन्सार जाँच पासमा संलग्न सबै कर्मचारी छानबिनको दायरामा

यो प्रकरणमा एक जना भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन्। बुधबार हङकङबाट ‘ब्रेक शू’ मा लुकाएर ल्याएको सुन भन्सार जाँचपछि बाहिरिने क्रममा विभागले नियन्त्रणमा लिएको थियो।

यो पनि पढ्नुहोस्-

सुन तस्करी : पौडेलको नेतृत्वमा बन्यो छानबिन समिति, पाँच दिनभित्र प्रतिवेदन बुझाउने

दीपक मल्होत्रा भन्छन्- सुन प्रकरणमा मेरो संलग्नता भए भागिसक्थेँ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved