इजरायलमा लिग खेल्न जाने ‘साम्बा’लाई गरियो बिदाइ

नेपालभ्युज

इजरायलमा लिग खेल्न जाने ‘साम्बा’लाई गरियो बिदाइ

काठमाडौं। राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई बिदाइ गरिएको छ।

इजरायलको लिगका लागि हापोएल रानाना फुटबल क्लब जान लागेकी सावित्रालाई सिंहदरबारमा बुधबार एक कार्यक्रम गरी युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु लगायतले बिदाइ गरेका हुन्।

मन्त्री लिम्बुले सावित्रा नेपाली फुटबलमा निकै सम्भावना बोकेको खेलाडी भएको भन्दै सोही अनुरुप इजरायलमा प्रदर्शन गर्न शुभकामना दिए । एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले नेपालीले युरोपेली क्लबको लागि खेल्नु खुसीको विषय भएको भन्दै  खुसी व्यक्त गरे।

सो अबसरमा राखेपका सदस्य सचिव टंक लाल घिसिङ र नेपालका लागि इजरायली राजदूत हनन् गोदेरको पनि उपस्थिति थियो। यूरोपेली महादेशको फुटबल महासंघको सदस्य रहेको इजरायलको रानानाले सवित्रासँग सम्झौता गरेको छ।

भारतीय महिला लिगमा गोकुलक केरेलाको लागि उपाधि जितेकी सावित्रा २९ गोलसहित सर्वाधिक गोलकर्ता बनेकी थिइन्। उनले विभागीय टोली एपीएफबाट घरेलु फुटबल खेल्दै आएकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved