काठमाडौं। ‘स्वीस टुरिजम अवार्ड–२०२३’ का लागि काठमाडौं महानगरपालिका पनि छनोट भएको छ। स्वीट्जरल्याण्डको लुगानो सहरमा नोभेम्बर ३ देखि ५ तारिखसम्म हुने कार्यक्रममा छनोट भएको र सहभागी हुन मेयर बालेन्द्र शाह जाने मेयरको सचिवालयले जनाएको छ।
अवार्ड कार्यक्रम १५ वर्षदेखि सञ्चालन हुँदै आइरहेको छ। अवार्डका लागि स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका) ले आवेदन दिन सक्छन्। थोरै मात्र छानिन्छन्।
आयोजकले उक्त अवार्ड कार्यक्रममा काठमाडौं महानगर पनि छनोटमा परेको पत्र महानगरलाई पठाएको छ।
आयोजकले महानगरलाई पठाएको पत्रमा भनिएको छ, ‘‘पर्यटन क्षेत्रका वैज्ञानिक पेशाकर्मीहरुको निर्णायक समितिले अवार्डका लागि छनोट गरेको हो। यस क्षेत्रका आयामिक पक्षलाई आम जनताबीच परिचित गराउने, पर्यटन गन्तव्यहरूको विशिष्टतालाई प्रवर्धन गर्ने यस कार्यक्रममा यहाँको उपस्थितिका लागि निमन्त्रणा गर्दछौँ।’’
Facebook Comment
Comment