कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपालभ्युज

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास धुमबाराहीमा दिउँसो २ बजे बस्ने बताइएको छ ।

गत असार २७ गते बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।

उक्त बैठकमा केन्द्रीय समिति बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल हुने बताइएको छ ।

सभापति देउवाको सचिवालयका अनुसार देउवाले छलफलका लागि पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बोलाएका छन् ।

आजको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved