नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तुलाधरलाई धरौटीमा छाड्न आदेश

नेपालभ्युज

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तुलाधरलाई धरौटीमा छाड्न आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशव तुलाधरलाई  धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले तुलाधरलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

२७ असारमा  पक्राउ परेका उनलाई  आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो । प्रहरीका अनुसार तुलाधरले विभिन्न प्रलोभनमा पारी जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिलाई ठगी गरेका थिए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी तथा संगठित अपराधको मुद्दा दर्ता गरेको थियो ।

सोही प्रकरणमा  कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझीलगायत १६ जना हाल पुर्पक्षका लागि थुनामा रहेका छन् भने तीन जना धरौटी बुझाएर रिहा भएका छन् ।  केही व्यक्ति भने फरार छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved