समाजवादी मोर्चाको संगठन कार्यविधि पारित, ७७ जिल्लामै संयुक्त समिति बन्ने

नेपालभ्युज

समाजवादी मोर्चाको संगठन कार्यविधि पारित, ७७ जिल्लामै संयुक्त समिति बन्ने

काठमाडौं । चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ ।

मोर्चाले सातै प्रदेशका ७७ जिल्लामा सङ्गठन विस्तार गर्ने योजना पनि बनाएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

उनका अनुसार केन्द्रमा चारवटै पार्टीबाट बढीमा पाँच–पाँच जनासम्म र प्रदेशमा तीन–तीन तथा जिल्लामा दई–दुई जना समेटिनेगरी मोर्चा बनाइनेछ ।

यसैगरी समाजवादी मोर्चाले आगामी साउन १२ देखि २२ गतेसम्म संयुक्त कार्यक्रम गर्ने भएको पनि उपाध्यक्ष पाण्डेले बताए ।

मोर्चाको नेतृत्व नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गर्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved