नयाँ राजनीतिक दल बनाएर पनि निर्वाचनमा जान्छु : इमरान खान

नेपालभ्युज

नयाँ राजनीतिक दल बनाएर पनि निर्वाचनमा जान्छु : इमरान खान

इस्लामावाद । पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाइएको अवस्थामा आगामी आम निर्वाचनमा भाग लिनका लागि नयाँ राजनीतिक दल गठन गर्ने र चुनाव जित्ने बताएको पाकिस्तानको अङ्ग्रेजी दैनिक पत्रिका (डन) ले जनाएको छ ।

मे ९ मा भएको देशव्यापी हिंसात्मक प्रदर्शनलाई लिएर धेरै सरकारी अधिकारीहरूले प्रदर्शनमा सम्लग्न प्रदर्शनकारी र पीटीआईमाथि प्रतिबन्ध लगाउन आह्वान गरेका थिए । पाकिस्तानका आन्तरिक मामिला मन्त्री राणा सनाउल्लाहले पीटीआईमाथि प्रतिबन्ध लगाउनु नै एकमात्र समाधान भएको बताएका थिए ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष तथा विदेशमन्त्री बिलावल भुट्टो जरदारीले पनि पीटीआईमाथि प्रतिबन्ध लगाउने कुनै पनि कदमको आफ्नो पार्टीले विरोध नगर्ने बताएका छन् ।

निक्केइ एसियाले आफ्नो चुनावी भविष्यमा लगाएको सम्भावित प्रतिबन्धको प्रभावबारे सोधिएको प्रश्नमा इमरानले भने, ‘यदि उनीहरूले पार्टीमाथि प्रतिवन्ध लगाए भने हामी नयाँ नामको पार्टी बनाउनेछौं र चुनाव पनि जित्नेछौँ ।”

भूतपूर्व प्रधानमन्त्री खानले भन्नुभयो, “यदि उनीहरूले मलाई अयोग्य घोषित गरे र मलाई जेलमा हाले पनि पार्टीले जित्छ ।’

पीटीआई अध्यक्षले आफ्नो समर्थकको आधार ‘अक्षुण्ण’ रहेको र राष्ट्रिय राजनीति’ आधारभूत रूपमा परिवर्तन’ भएको दाबी गरेका छन् ।

खानले आफ्नो पार्टीमाथि जारी कारबाहीबारे भने, ‘सरकार अझै पनि दलका नेता, कार्यकर्ता र शुभेच्छुकलाई धम्की दिएर हाम्रो शक्तिलाई कमजोर बनाउन खोजिरहेको छ । तर यो असम्भव हुनेछ ।’ सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved