काठमाडौं। सोमबार सेयर बजार परिसूचक झिनो अंकले घटेको छ । आज सेयर बजार आज ०.८३ अंकले घटेर २०७६.९६ को बिन्दुमा कायम भएको हो।यो ०.०४ प्रतिशतको मात्र गिरावट हो ।
सोमबार कारोबार रकममा भने सुधार भएको छ । सोमबार २९३ धितोपत्रको ६५ हजार ३१७ वटा कारोबारबाट १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता सेयर किनबेच भएको छ । यसबाट ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । सोमबार वित्त उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै २.७१ प्रतिशतले कमाए ।
आज हिमालयन हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयरमूल्य १८ रुपैयाँले घटेर २६६ रुपैयाँमा कारोबार भएको छ । सिटी होटलको सेयरमूल्य आज भने घटेको छ । कम्पनीको सेयर मूल्य ४६ रुपैयाँले घटेको छ ।
त्यस्तै, आज सिद्धार्थ इक्युटी फण्ड, सुपरमादी हाइड्रोपावर, बाराही हाइड्रोपावर लगायत अन्य कम्पनीको सेयरमूल्य घटेको छ ।
Facebook Comment
Comment