२ दर्जन कम्पनीलाई कालो सूचीमा राख्ने तयारी

नेपालभ्युज

२ दर्जन कम्पनीलाई कालो सूचीमा राख्ने तयारी

काठमाडौं। विभिन्न आयोजनामा ढिलासुस्ती र सन्तोषजनक काम नगरेको भन्दै सरकारले झण्डै दुई दर्जन निर्माण तथा सप्लायर्स कम्पनीहरूलाई कालो सूचीमा राख्ने तयारी गरेको छ। ती कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्न प्रक्रिया सुरु गरेको हो ।

सम्बन्धित निकायबाट कालो सूचीमा राख्न सिफारिसमा भएका कम्पनीहरूलाई ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गरेता पनि सम्पर्कमा नआएपछि कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको हो ।

अनुगमन कार्यालयले पुनः सूचना जारी गर्दै सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अल्टिमेटम दिएको छ । यदि, यो समयावधिमा पनि स्पष्टीकरण नदिए कम्पनीहरू कालो सूचीमा पर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved