गायक रविन तामाङको अन्त्येष्टि गरिँदै

नेपालभ्युज

गायक रविन तामाङको अन्त्येष्टि गरिँदै

काठमाडौं । स्वर्गीय गायक तथा अभिनेता रविन तामाङको आज अन्त्येष्टि गरिँदै छ ।

अन्त्येष्टि अघि तामाङको शव अन्तिम श्रद्धाञ्जलीका लागि रविनको पार्थिव शरीरलाई आज बिहान नक्शालस्थित संगीत तथा नाट्य एकेडेमी नक्शालमा राखिएको छ ।

उनको तामाङ परम्परा अनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिने रविनको व्यवस्थापन समूहका आशिष पराजुलीले जानकारी दिए ।

त्यसअघि रविनका दुई छोरीहरु छन् । उनीहरु फ्रान्समा बसोबास गर्ने भएकाले नेपाल आइपुग्न समय लागेकाले आज अन्त्येष्टि गर्न लागिएको हो ।

मंगलबार बेलुका तामाङ बुढानीलकण्ठ चिसेनीस्थित निवासमा मृत भेटिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved