पढाइ छाडेको २१ वर्षपछि एसइई उत्तीर्ण भए वडाध्यक्ष रोका

नेपालभ्युज

पढाइ छाडेको २१ वर्षपछि एसइई उत्तीर्ण भए वडाध्यक्ष रोका

काठमाडौं । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षा उत्तीर्ण भएका छन् ।

माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष रोका दुई दशमलव ६५ जिपिए ल्याएर उत्तीर्ण भएका हुन् ।

२०५८ सालमा एसएलसी परीक्षामा सामेल भएका रोकाले अनुत्तीर्ण भएपछि पढाइ नै छाडेका थिए । एसएलसीमा फेल भएपछि उनले वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र अफगानिस्तानमा आठ वर्ष बिताएका थिए ।

उनी २०६९ सालमा घर फर्किएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved