अब पूर्वमाओवादीको एकतालाई कसैले रोक्न सक्दैन: प्रचण्ड

पार्टी एकताको उद्देश्यबाटै समाजवादी मोर्चा बनाएको भनाइ

नेपालभ्युज

अब पूर्वमाओवादीको एकतालाई कसैले रोक्न सक्दैन: प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब छिट्टै पूर्वमाओवादीको एकता हुने ठोकुवा गरेका छन् । पूर्वमाओवादीको एकता प्रक्रिया अघि बढिसकेको दाबी गर्दै उनले कसैले चाहेर पनि एकता नभाँडिने ठोकुवा गरेका हुन् ।

बुधवार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय समितिको प्रथम राष्ट्रिय युवा भेलालाई सम्बोधन गर्दै प्रचण्डले समाजवादी मोर्चा गठनको उद्देश्य पनि पार्टी एकता नै भएको बताए ।

‘केही समयभित्रै माओवादीहरुको एकता निश्चित छ । कसैले रोक्न सक्दैन । त्यो प्रक्रिया अघि बढिसकेको छ’, प्रचण्डले भने, ‘हिजो विभाजित भएर जाने साथीहरु पनि अहिले एकताको कुरा गरिरहनुभएको छ । अहिले भर्खरै समाजवादी मोर्चा बनेको छ । पार्टी एकता गर्ने उद्देश्यले नै मोर्चा बनेको हो ।’

एक, दुई दिनभित्र मोर्चाको बैठक बसेर देशभर एकताको अभियान लैजाने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved