एजेन्सी। तौल क मगर्नका लागि लौकाको सेवन एकदमै फाइदाजनक हुन्छ । आउनुहोस् जानौं तौल कम गर्नका लागि लौकालाई कसरी प्रयोग गर्ने भन्नेबारे।
– लौकामा प्याज, टमाटर, शिमला मिर्च आदि राखेर सुप बनाउन सकिन्छ । यसलाई पिउँदा तौल नियन्त्रित रहन्छ ।
– लौकाको जुस पाचन प्रक्रियालाई राम्रो राख्नको लागि पनि राम्रो हुन्छ । साथै तौल कम गर्न पनि एकदमै सहयोगी हुन्छ ।
– लौकामा पुदिनाका पात मिसाएर तपाईंले स्मुदी तयार गर्न पनि सक्नुहुन्छ । त्यसपछि कालो नुन र जिराको धुलो मिसाएर यसको सेवन गर्नुहोस् ।
– लौकामा नुन तथा बेसार राखेर उमाल्ने र त्यसलाई जिराले झानेर तरकारी बनाउनुहोस् । लौकाको यस्तो सामान्य तरकारी तौल कम गर्नका लागि एकदमै असरदार हुन्छ ।
– लौकामा क्यालोरीको मात्रा कम हुनुका साथै भिटामिन ए, बी, सी, ई, के, फोलेट, आइरन तथा म्याग्नेसियम हुन्छन् जसले तौललाई नियन्त्रित राख्ने गर्छ ।
– लौका एकदमै कम क्यालोरी भएको तरकारी हो, त्यसैले यसको धेरैभन्दा धेरै सेवन गर्नुहोस् । यसले पाचनतन्त्रलाई पनि एकदमै राम्रो बनाउँछ साथै तौल नियन्त्रण गर्न पनि सहयोग गर्छ ।
– यदि, तपाईंलाई लौका मनपर्छ भने यसलाई कैयौं अन्य परिकार पनि बनाउन सक्नुहुन्छ । जस्तै, लौकाको हलुवा, लौकाको रायता आदि पनि बनाउन सकिन्छ ।
Facebook Comment
Comment