ललिता निवासको जग्गामा पुग्यो काठमाडौं महानगरको टोली, घेराबार गर्ने तयारी

बालुवाटारस्थित ललिता निवासको जग्गा घेराबार गर्न भन्दै काठमाडौं महानगरपालिकाको टोली पुगेको छ। बालुवाटारस्थित एनआरएनए कार्यालय नजिक महानगर प्रहरीको टोली पुगेको हो।

नेपालभ्युज

ललिता निवासको जग्गामा पुग्यो काठमाडौं महानगरको टोली, घेराबार गर्ने तयारी

काठमाडौं। बालुवाटारस्थित ललिता निवासको जग्गा घेराबार गर्न भन्दै काठमाडौं महानगरपालिकाको टोली पुगेको छ। बालुवाटारस्थित एनआरएनए कार्यालय नजिक महानगर प्रहरीको टोली पुगेको छ।

ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ।

त्यस्तै, यो जग्गा व्यक्तिको नाममा नामसारी गर्ने क्रममा सरकारी कागजात किर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पनि अनुसन्धान अघि बढाएपछि सार्वजनिक जग्गाको संरक्षण गर्न भन्दे महानगर त्यहाँ गएको हो।

ललिता निवास जग्गा प्रकरणको नालीबेली : किर्ते गरेर व्यक्तिको नाममा, भूमाफियाले यसरी गरे कब्जा

अहिले ललिता निवासको जग्गा यकिन मात्र गरिने छ। तारबार पछि गरिने महानगर प्रहरीले जनाएको छ।

विसं ०२१ मा भूमिसुधार ऐन लागू भएपछि तत्कालीन सरकारले कांग्रेस नेता सुवर्णशमशेरको परिवारको स्वामित्वमा थियो ललिता निवासको जग्गा।

सरकारले हदबन्दीभन्दा माथिको जग्गा मुआब्जासमेत दिएर अधिग्रहण गरेको थियो। अधिग्रहणपछि सार्वजनिक जग्गामा रूपान्तरण भयो।

ललिता निवासको लहरोले विष्णु पौडेललाई भेट्ला ?

तर नक्कली कागज खडा गरेर ०४९ मा ११२ रोपनी ४ आना जग्गा व्यक्तिका नाममा सारिएको थियो। ०४६ को परिवर्तनपछि सार्वजनिक जग्गा व्यक्तिका नाममा सारिएको थियो।

सरकारी जग्गा व्यक्तिका नाममा सार्ने यो योजनामा मिलेमतो गरेका भूमाफिया र कर्मचारी र किनबेचमा संलग्नहरू केही पक्राउ परेका छन्। केही माथि अनुसन्धान भइरहेको छ।

बाबुरामको प्रष्टीकरण : ललिता निवास प्रकरणमा हिलो छ्याप्न खोजियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved